Logo

Breaking News 1

११ अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो


२० कार्तिक २०८२, बिहिबार  

0
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ११.२९ अंक घटेर २५९६.१२ विन्दुमा झरेको छ । यसअघि बुधबारको कारोबारमा दोहोरो अंकले बढेर २६०७.४२ बिन्दुमा राकिएको नेप्से आज घटेर बन्द भएको हो ।

सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमशः २.०८, ०.८१ र ०.७६ अंकले घटेका छन् । यसदिन सूचक घटेपनि कारोबार रकम भने बढेको छ ।

बुधबार ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँ बराबरको ९२ लाख १८ हजार कित्ता शेयर किनबेच भएको बजारमा आज ३२० स्टकको ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार ३ सय ५७ रुपैयाँ बराबरको १ करोड ८ लाख ६८ हजार १४६ कित्ता शेयर कारोबार भएको छ ।

आजको बजारमा पहिलोदिन कारोबार भएको दरमखोला इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर प्रतिकित्ता ४४२.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै माबिलुङ इनर्जीको शेयर मूल्यपनि सकारात्मक सर्किट लेभलमा कारोबार भएर प्रतिकित्ता ४२२.७० रुपैयाँमा अन्तिम करोबार भएको छ ।

यस्तै, यसदिन सम्पदा लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएर प्रतिकित्ता ९४३.२० रुपैयाँमा झरेको छ । यसदिन शिवम सिमेन्ट, राधि जलविद्युत, हिमालयन डिीटीलरी र एनआरएन इफ्रास्टक्चरको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।

आज कारोबारमा आएका कुल १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । यस दिन उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो । यस दिन घटेका उपसमूहहरुको गिरावटदर पनि १ प्रतिशतभन्दा कम रहेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहिबार  ३ : ३३ बजे