धनुषा । धनुषामा घरभित्रै पसेर चोरी गर्ने महिलाको गिरोह पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १४ की ४० वर्षिया हिरा देवी मुखिया, सोही स्थानकी ४५ वर्षिया राधा देवीया मुखिया र जनकपुरधाम उपमहानगरपालिका १४ मा डेरा लिई बसेकी १९ वर्षिया जस्मित खातुन रहेकी छन् ।
गत कार्तिक २ गत्ते रातको समयमा जनकपुरधाम उपमहानगरपालिका ८ स्थित नमुना बस्तीमा रहेको पुरन सिंह थारुको घरमा नगद तथा गरगहणासहित विभिन्न सरसामान चोरी भएको थियो । प्रहरीले खबर प्राप्त गर्नासाथ विशेष अनुसन्धान टोलीले सुक्ष्म अनुसन्धान गर्दै जाँदा उनीहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । पक्राउ परेका तीनै जना संग चोरी भएका सरसामान बरामद भएको छ । उनीहरुले केही गरगहना महोत्तरीको जलेश्वर नगरपालिका २ स्थित माँ अम्बे ज्वेलर्सलाई बेचेका थिए । प्रहरीले उक्त ज्वेलर्सका सञ्चालक सरज साह सोनार र अनरजित साहलाई खरीद गरिएको चोरीका गरगहनासहित पक्राउ ष्रेको छ ।
पक्राउ परेका पाँचवटैलाई जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धानका लागि धनुषा प्रहरीले राखेको जनाएको छ ।










प्रतिक्रिया