Logo

मुख्य समाचार

जेनजी आन्दोलनपछि व्यापारीहरुको मनोबल झन गिरेको छ : गभर्नर


१९ कार्तिक २०८२, बुधबार  

23
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनले व्यापारीहरुको मनोबल झन गिराउने काम गरेको बताएका छन् ।

बुधबार नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘विध्वंश पछिको अर्थतन्त्र ः कारण र चुनौती’ विषयक चौथो प्यानल छलफलमा बोल्दै उनले विगत एक दुई वर्षदेखि नै पैसा भएरपनि देशमा लगानी नभएको अवस्थामा जेनजी आन्दोलन भएको भन्दै त्यसले झन धेरै व्यापारीको मनोबल गिराउने काम गरेको बताए ।

उनले भने, ‘विगत एक दुई वर्षदेखि नै पैसा थियो तर लगानी भइरहेको थिएन । व्यापारीहरुको मनोबल गिर्दै गिर्दैै गइरहेको थियो । त्यसको लागि चाहिने जुन बिगपुस छ त्यो भइराखेको थिएन । हामी आफैले पनि ठूलो लगानीहरु आकर्षित गर्न सकिराखेका थिएनौं । जुन जुन कुराले अर्थतन्त्रलाई गति दिन्थ्यो जुन पोलिसी रिफर्महरु चाहिन्थ्यो जसले लगानी बढाउन सक्थ्यो त्यो भएको थिएन । त्यो अवस्थामा जेनजी आन्दोलनको घट्ना भयो । यसले एक हदमा त्यो मनोबल झन गिराउने काम गरेको छ ।’

त्यस्तै, उनले लगानी काठमाडौंमा मात्र बढि केन्द्रीत भएको भन्दै सबै क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ८ : १२ बजे