काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल निःशुल्क वाईफाई सेवा सञ्चालनको अनुगमनका लागि पशुपति क्षेत्र र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।
काठमाडौं उपत्यकाको महत्वपूर्ण सार्वजनिक स्थालहरूमा निःशुल्क वाइफाइको पहुँच पुर्याउने निर्णयसहित गत असोज ६ गते पदबहाली गरेका सञ्चारमन्त्री खरेलले आज पशुपति क्षेत्र र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर निःशुल्क वाईफाई सेवा सञ्चालनको अनुगमन गरेका हुन् ।
अनुगमन गर्दै उनले भने, ‘मन्त्रीको हैसियतले पदबहालीका क्रममा गरेको प्रतिबद्धताअनुसार निःशुल्क इन्टरनेट सेवा जडान सुरु गरेका हौँ । यसलाई विस्तारै उपत्यकाबाहिर पनि विस्तार गर्दै लैजानेछौँ । सरकारले राजधानी काठमाडौंसहित दुर्गम क्षेत्रमा पनि इन्टरनेट सेवा विस्तार गर्ने क्रममा काम गरिरहेको छ । दार्चुलाको मार्मा गाँउपालिका, बझाङको तलकोट गाँउपालिका, जाजरकोट र मनाङको तिलिचो बेसक्याम्पमा इन्टरनेट सेवा पु¥याइसकेका छौँ । सोलुखुम्बु, रामेछाप, रौतहट, म्याग्दी, बैतडीलगायतका कमजोर नेटवर्क भएका ठाउँमा प्रभावकारी इन्टरनेट सेवा पु¥याउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको छ ।’
सरकारले सातै प्रदेशका राजधानीमा निःशुल्क इन्टरनेट सेवा पु¥याउने लक्ष्य लिएको उल्लेख गर्दै मन्त्री खरेलले मुलुकका गाउँ–सहर, सुगम–दुर्गम सबै क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा पु¥याउने सन्दर्भमा आवश्यक काम भइरहेको जानकारी दिए ।
‘सरकारले सातै प्रदेशका राजधानीमा निःशुल्क इन्टरनेट सेवा पु¥याउने लक्ष्य लिएको छ । हाम्रो मुलुकका गाउँ–सहर, सुगम–दुर्गम सबै क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा पु¥याउने सन्दर्भमा आवश्यक काम भइरहेको नै छ ।’उनले भने ।










प्रतिक्रिया