Logo

समाचार

विशेष अदालतमा आगजनी गर्नेविरुद्ध उजुरी


१९ कार्तिक २०८२, बुधबार  

46
Shares

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा विशेष अदालतमा गरिएको तोडफोड तथा आगजनीका घटनामा संलग्न व्यक्तिहरूविरुद्ध अदालतले प्रहरीमा उजुरी दिएको छ।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार भदौ २४ गतेको प्रदर्शनमा कार्यालयमा आगजनी गर्नेहरूको भिडियो प्रमाणसहित बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गरिएको हो।

आगजनीबाट अदालतको सम्पत्तिमा करिब ६ करोड रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। यसअघि सर्वोच्च र जिल्ला अदालतले समेत आफ्ना भवनमा आगजनी गर्नेविरुद्ध प्रहरीमा उजुरी दर्ता गराइसकेका छन्।

प्रहरीले जेनजी प्रदर्शनका क्रममा भएका हिंसात्मक गतिविधि र आगजनी घटनामा संलग्न व्यक्तिहरूको फोटो तथा भिडियोका आधारमा पक्राउ र अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ४ : ४३ बजे