काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पामाथि बहुविवाह, मानव तस्करी, ठगी र चेक बाउन्सजस्ता गम्भीर आपराधिक मुद्दा विचाराधीन अवस्थामा रहेका छन् । अदालतले बहुविवाह प्रकरणमा उनलाई एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको सजाय सुनाइसके पनि उनले अझैसम्म सजाय भुक्तान गरेका छैनन् ।
यस्ता गम्भीर कानुनी मुद्दा खेपिरहेका फरार अभियुक्तलाई पार्टीको उच्च बैठकमा सहभागी गराएर अध्यक्ष केपी शर्मा ओलीले संरक्षण गरेको आरोप लाग्दैछ । प्रहरी र अदालतमा चलिरहेका मुद्दा र सार्वजनिक उजुरीका बीच पनि शेर्पालाई पार्टीभित्र सशक्त भूमिकामा राखिनु एमालेको नैतिकता, अनुशासन र जिम्मेवारीमाथि गम्भीर प्रश्न बनेको बताइएको छ ।
एमालेभित्रकै केही जिम्मेवार नेताहरूले पासाङ शेर्पामाथि विचाराधीन मुद्दाहरूमा प्रहरी प्रशासनले थप अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । उनीहरूले सीआईबी केन्द्रीय अनुसन्धान ब्यूरो ले शेर्पामाथि चलिरहेका मानव तस्करी, ठगी र चेक बाउन्सका मुद्दाहरूको सत्य तथ्य बाहिर ल्याउन आग्रह गरेका छन् ।
ती नेताहरूको अनुसार, पार्टीको साख र भविश्य जोगाउन यस्ता विवादास्पद र अपराध आरोपित व्यक्तिहरूलाई संरक्षण गर्नु एमालेका लागि दीर्घकालमा हानिकारक हुनेछ ।
नाम उल्लेख गर्न नचाहने शर्तमा एमालेकै एक नेताले भने, ‘यस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको बचावट नगर्न नेतृत्वले गम्भीर निर्णय लिनुपर्छ । अपराधको बचाउले होइन, कानूनको पालना र पारदर्शिताले मात्र पार्टी बलियो हुन्छ ।’










प्रतिक्रिया