Logo

समाचार

बन्दीपुरमा कुटपिटबाट एक जनाको मृत्यु, आरोपित प्रहरी नियन्त्रणमा


१९ कार्तिक २०८२, बुधबार  

23
Shares

तनहुँ । बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा भएको कुटपिट घटनामा एक व्यक्तिको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

प्रहरीका अनुसार सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले मादक पदार्थ सेवनपछि खुसीमानलाई चिर्पटले टाउकोमा प्रहार गरेका थिए । घाइते भएका खुसीमानलाई उपचारका लागि अस्पतालमा लगिएको थियो  । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

कुटपिटमा संलग्न खिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ९ : १३ बजे