काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज (बुधबार) केन्द्रीय समितिको बैठक बोलाएको छ। ललितपुरको सानागाउँस्थित थसी ब्याङ्क्वेटमा बिहान ११ बजे बैठक सुरु हुने तयारी भइरहेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।
बैठकमा वर्तमान राजनीतिक परिस्थिति, आगामी निर्वाचन, पार्टीको संगठनात्मक कार्ययोजना तथा प्रस्तावहरूमा छलफल हुने बस्नेतले बताए। बैठक बिहीबारसम्म चल्ने योजना छ।










प्रतिक्रिया