Logo

समाचार

देशका केही स्थानमा आज बदली र वर्षा हुने


१९ कार्तिक २०८२, बुधबार  

23
Shares

काठमाडौं । देशका केही स्थानमा आज बदली र वर्षा हुने भएको छ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् वरुण पौडेलका अनुसार गण्डकी र कर्णाली प्रदेशमा गएराति फाटफुट वर्षा भएको थियो । “एकदेखि दुई मिलिमिटर वर्षा मापन गरिएको छ । दिउँसो पनि यस्तै अवस्था रहने सम्भावना छ,” उनले बताए ।

काठमाडौं उपत्यकामा पनि गएराति फाटफुट वर्षा भएको उनले जानकारी दिए । पौडेलका अनुसार आज दिउँसो केही समय बदली रहे पनि बेलुकीतिर मौसम सफा हुने अनुमान गरिएको छ ।

देशका पहाडी र हिमाली भूभागमा सामान्य बदली रहने र बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

मौसमविद् पौडेलका अनुसार साँझपख देशभर मौसम क्रमशः सफा हुँदै जानेछ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ७ : ५२ बजे