काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलवार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा तोकिएको छ। यस्तै, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९८ पैसा कायम गरिएको छ।
स्वीस फ्रयांक एकको खरिददर १७५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ भने अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९३ रुपैयाँ २३ पैसा तोकिएको छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ३६ पैसा, सिंगापुर डलर एकको खरिददर १०८ रुपैयाँ ७५ पैसा र बिक्रीदर १०९ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९० पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा रहेको छ।
साउदी अरेबियन रियाल एकको बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियालको ३९ रुपैयाँ ०५ पैसा, यूएई दिरामको ३८ रुपैयाँ ७६ पैसा, र थाइ भाटको बिक्रीदर चार रुपैयाँ ३८ पैसा तोकिएको छ।
यस्तै, कुवेती दिनार एकको बिक्रीदर ४६३ रुपैयाँ ५१ पैसा, बहराइन दिनारको ३७७ रुपैयाँ ५९ पैसा, र ओमनी रियालको बिक्रीदर ३६९ रुपैयाँ ७२ पैसा कायम गरिएको छ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
बैंकले विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा पनि परिमार्जन गर्न सकिने जनाएको छ।

                    
                








                    
                    
                    
                    
प्रतिक्रिया