एजेन्सी । भारतीय महिला क्रिकेट टोलीले एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेपछि भारतमा खुशीयाली मनाइएको छ ।
आइतबार मुम्बईमा सम्पन्न फाइनलमा दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतले पहिलोपटक उपाधि जितेपछि भारतमा ‘राष्ट्रिय उत्सव’ मनाइएको हो ।
भारतीय टोलीले इतिहासमा पहिलो पटक आईसीसी महिला विश्वकप २०२५ को ट्रफी उचालेपछि राष्ट्र उत्सवमा गुन्जिएको हो ।
कप्तान हरमनप्रीत कौर नेतृत्वमा स्मृति मन्धाना र दीप्ती शर्माको अलराउन्ड प्रतिभाले भारतको सफलतालाई मूर्त रूप दिएको थियो ।
बलरहरूले अन्तिम ओभरहरूमा आफ्नो प्रश्तुतीलाई नियन्त्रणमा राखिनुलाई एउटा अविस्मरणीय विजयका रुपमा लिइएको थियो ।
यता, प्रधानमन्त्री नरेन्द्र मोदीले टोलीलाई बधाई दिँदै जितलाई ‘प्रत्येक भारतीयका लागि गर्वको क्षण’ भनेका छन् ।
दिल्लीदेखि मुम्बई र लखनऊदेखि चेन्नईसम्म, प्रशंसकहरूले आतिशबाजी, ‘भारत, भारत’ को नारा र झन्डा फहराउँदै उत्सव मनाए।
क्रिकेट समर्थकहरुले यो जितलाई भारतमा महिला क्रिकेटको लागि नयाँ युगको सुरुवातको रूपमा स्वागत गरे।
भारतले यसअघि पनि २ पटक फाइनल खेलेपनि उपाधि जित्न सकेको थिएन । दक्षिण अफ्रिकाले पहिलोपटक फाइनलमा स्थान बनाएको थियो ।










प्रतिक्रिया