Logo

कोशी

प्रतिबन्धित लागू औषधसहित सात जना पक्राउ


१७ कार्तिक २०८२, सोमबार  

23
Shares

विराटनगर । कोशी प्रदेशमा उदयपुर, मोरङ, सुनसरी र झापाको विभिन्न स्थानहरुबाट कार्तिक १६ गते प्रतिबन्धित लागू औषध सहित सात जनालाई पक्राउ गरिएको छ ।

उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारले चौदण्डिगढी नगरपालिका–७ का पर्शुराम तिमल्सिना र चौदण्डिगढी–६ का बिबेक राईलाई लागूऔषध ३३ एम्पुल सहित, बेलका नगरपालिका–९ का बल बहादुर बिक लाई १० किलोग्राम २३० ग्राम गाँजा सहित पक्राउ गरेको छ भने बेलका–८ कोठु दोभान स्थित सप्तकोशी नदीमा २ वटा रबरको ट्युबमा ६ वटा बोरामा रेहेको १ सय ३४ किलोग्राम गाँजा बग्दै गरेको अवस्थामा बरामद गरेको हो ।

यसैगरी झापाको इलाका प्रहरी कार्यालय झिलझिलेले शिवसताक्षी नगरपालिका–१० का झलकनाथ अर्यालको साथबाट बिभिन्न प्रकारका प्रतिबन्धित औषधी १ सय १९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो भने सुनसरीको प्रहरी चौकी भरौलले बराहक्षेत्र नगरपालिका–८ का ईन्द्र बहादुर परियारलाई ट्रामाडोल २५ क्याप्सुल र नियन्त्रित लागू औषध ४५ ट्याब्लेट सहित पक्राउ गरेको हो ।

यसका साथै लागू औषध नियन्त्रण ब्युरो विराटनगरले मोरङको सुन्दरहरैचा–४ का रोमन राई र केरावारी–१० का पुर्ण तामाङलाई  १२ ग्राम ८१ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित विराटनगर–१६ स्थितबाट नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ५ : १९ बजे