काठमाडौं । कथाकार माधव सयपत्रीको नयाँ कथासङ्ग्रह ‘माला’ सार्वजनिक गरिएको छ। कृति परिचय पब्लिकेसनद्वारा प्रकाशित उक्त कथासङ्ग्रहमा २२ वटा कथा समावेश छन्।
प्रकाशन संस्थाका अनुसार कृतिमा प्रेम, मानवीय संवेदना, समाजका ढोङ र आडम्बरप्रति कथाकारले प्रस्तुत गरेको विद्रोही दृष्टिकोण प्रतिबिम्बित छ।
रामेछाप मन्थलीका बासिन्दा सयपत्रीका यसअघि ‘सत्ताकवच’, ‘मखमलीका राजाहरू’, ‘बादसाहको अटोग्राफ’ नामक कथासङ्ग्रह र ‘सीमान्त विचलन’ उपन्यास प्रकाशित छन्।










प्रतिक्रिया