२०८२ साल कार्तिक १७ गते, सोमबार
♈ मेष (Aries)
कार्यमा उत्साह बढ्नेछ। साथीहरूको सहयोग पाउनुहुनेछ। नयाँ काम सुरु गर्नका लागि शुभ दिन छ। प्रेम सम्बन्धमा मधुरता बढ्ने सम्भावना।
♉ वृष (Taurus)
वित्तीय पक्ष मजबुत देखिन्छ। अघिल्ला प्रयासको राम्रो परिणाम आउन सक्छ। परिवारसँग समय बिताउँदा मन प्रशन्न हुनेछ।
♊ मिथुन (Gemini)
आज आत्मविश्वास बढ्नेछ। तर, बोल्दाखेरि सावधानी अपनाउनुहोस्। यात्राको योग देखिन्छ, स्वास्थ्यमा सामान्य उतारचढाव सम्भव।
♋ कर्कट (Cancer)
काममा ढिलाइ भए पनि नतिजा अनुकूल हुनेछ। पारिवारिक जिम्मेवारी बढ्न सक्छ। मनमा भावनात्मक अस्थिरता हुनसक्छ।
♌ सिंह (Leo)
आत्मबल र निर्णय क्षमता बढ्नेछ। व्यापारमा लाभका संकेत छन्। प्रेम सम्बन्धमा सानो विवाद हुन सक्छ, धैर्य अपनाउनुहोस्।
♍ कन्या (Virgo)
कार्यस्थलमा प्रशंसा पाउनुहुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। आर्थिक लेनदेन गर्दा ध्यान दिनुहोस्।
♎ तुला (Libra)
आज सामाजिक प्रतिष्ठा बढ्नेछ। नयाँ अवसर आउन सक्छ। पारिवारिक वातावरण सौहार्दपूर्ण रहनेछ।
♏ वृश्चिक (Scorpio)
अचानक खर्च बढ्न सक्छ। घरपरिवारमा सानो विवाद सम्भव। संयम र सकारात्मक सोच आवश्यक छ।
♐ धनु (Sagittarius)
विद्यार्थी तथा अध्यापन क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा नजिकता बढ्ने सम्भावना। यात्राको योग शुभ छ।
♑ मकर (Capricorn)
कर्ममा लगनशीलता बढ्नेछ। आर्थिक लाभका अवसर आउन सक्छन्। स्वास्थ्यमा ध्यान दिनुहोस्।
♒ कुम्भ (Aquarius)
नयाँ कार्य योजनामा जुट्न सक्नुहुनेछ। मित्रबाट सहयोग पाइनेछ। स्वास्थ्यमा सुधार र मनमा शान्ति रहनेछ।
♓ मीन (Pisces)
धेरै समयदेखि रोकिएको काम बन्न सक्छ। दाम्पत्य सम्बन्ध सुदृढ हुनेछ। शुभ समाचार सुन्न सक्नुहुनेछ।










प्रतिक्रिया