Logo

अर्थ

वेंकट वंसीधर कुन्चा नेपाल एसबीआई बैंकका अध्यक्षमा नियुक्त


१६ कार्तिक २०८२, आइतबार  

46
Shares

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडको सञ्चालक समितिले वेंकट वंसीधर कुन्चालाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको छ। गत शुक्रबार बसेको सञ्चालक समितिको ५३६औं बैठकले स्टेट बैंक अफ इन्डियाको प्रतिनिधित्व गर्दै आएका कुन्चालाई अध्यक्षमा नियुक्त गरेको हो।

कुन्चा हाल स्टेट बैंक अफ इन्डियाको मुम्बईस्थित प्रधान कार्यालयमा अन्तर्राष्ट्रिय बैंकिङ समूहका मुख्य महाप्रबन्धकका रूपमा कार्यरत छन्। उनी एसबीआईका २९ देशमा फैलिएका अन्तर्राष्ट्रिय व्यवसायसम्बन्धी प्रमुख जिम्मेवारी सम्हाल्दै आएका छन्।

नवनियुक्त अध्यक्ष कुन्चाले नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनलाई नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शपथ ग्रहण गराएका हुन्।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ५ : ४४ बजे