Logo

राजनीति

प्रधानमन्त्री कार्की र सातै प्रदेशका मुख्यमन्त्रीबीच छलफल हुँदै


१६ कार्तिक २०८२, आइतबार  

46
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संघ–प्रदेश सम्बन्ध र सहकार्य सुदृढ गर्न सातै प्रदेशका मुख्यमन्त्रीसँग आज बालुवाटारमा छलफल गर्दै छिन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक केहीबेरमै सुरु हुनेछ ।

बैठकमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्रीहरू बालुवाटार पुगेका छन् । सहभागी हुने मुख्यमन्त्रीहरूमा कोसीका हिक्मतबहादुर कार्की, मधेसका जितेन्द्रप्रसाद सोनार, वाग्मतीका इन्द्रबहादुर बानियाँ, गण्डकीका सुरेन्द्रराज पाण्डे, लुम्बिनीका चेतनारायण आचार्य, कर्णालीका यामलाल कँडेल र सुदूरपश्चिमका कमलबहादुर शाह रहेका छन् ।

प्रधानमन्त्री कार्कीले परिवर्तित राजनीतिक परिस्थितिमा संघ र प्रदेश सरकारबीच संवाद र समन्वयलाई थप प्रभावकारी बनाउन बैठक आह्वान गरेकी हुन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ५ : १२ बजे