Logo

खेलकुद

१८ औं एल. डी. काजी स्मृति गोल्ड कपमा मकवानपुर एफसी पराजित


१६ कार्तिक २०८२, आइतबार  

23
Shares

हेटौंडा । जारी १८ औं एल. डी. काजी स्मृति गोल्ड कप फुटबल प्रतियोगितामा आजको खेलमा मकवानपुर एफसी नेपाल पराजित भएको छ । मकवानपुर एफसीलाई रेड पाण्डा फुटबल क्लबले रोमाञ्चक खेलमा ४–२ गोल अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफमै दुवै टोलीले आक्रामक प्रदर्शन गरे पनि रेड पाण्डा टोलीले उत्कृष्ट समन्वय र फिनिसिङ क्षमताको प्रदर्शन गर्दै अग्रता लिएको थियो । दोस्रो हाफमा मकवानपुर एफसीले दुई गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरे पनि अन्ततः रेड पाण्डाले थप दुई गोल गर्दै जित सुनिश्चित ग¥यो ।

यस जितसँगै रेड पाण्डा टोली प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ भने मकवानपुर एफसी प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगिता सिक्किमको सोरेङ जिल्लाको चाकुङमा  जारी छ ।प्रतियोगितामा विजेता टोलीले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । मुख्य ट्रफीको फाइनल खेल ९ नोभेम्बर २०२५ मा हुने तय भएको छ, जसले प्रतियोगिताको अन्तिम विजेताको निर्णय गर्नेछ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ३ : ५२ बजे