Logo

राजनीति

निर्वाचन आयोगबाट हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई मान्यता


१६ कार्तिक २०८२, आइतबार  

23
Shares

काठमाडौं । निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई आधिकारिक मान्यता प्रदान गरेको छ। आयोगमा आइतबार साम्पाङ स्वयं उपस्थित भएर पार्टी दर्ताको प्रमाणपत्र ग्रहण गरेका हुन्।

साम्पाङले गत असोज १२ गते दल दर्ताका लागि निवेदन दिएका थिए। आयोगले आवश्यक प्रक्रिया पूरा भएपछि पार्टीलाई आधिकारिक रूपमा दर्ता गरेको हो।

नवदर्ता पार्टी श्रम संस्कृति पार्टी आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने तयारीमा रहेको बताइएको छ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  २ : ५५ बजे