Logo

समाचार

शिक्षामन्त्री पुनको टिप्पणी : ‘सर्को तानेको बेला नलेखौँ’ — बालेनको स्टाटसप्रति संकेत


१६ कार्तिक २०८२, आइतबार  

23
Shares

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा अश्लिल भनिएको स्टाटस लेखेको विवादमा शिक्षामन्त्री महावीर पुनले अप्रत्यक्ष प्रतिक्रिया दिएका छन् ।

शिक्षामन्त्री पुनले सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै भनेका छन्, “केही आशालाग्दा अभियन्ता र अगुवाले बेला–बेलामा सर्को तानेर बोलेको वा लेखेको जस्तो लाग्छ । सर्को ताने पनि केही होइन, तर सर्को तानेको बेला केही पनि नलेख्न, नबोल्न अनुरोध छ ।”

यद्यपि उनले मेयर शाहको नाम नलिएका भए पनि उक्त टिप्पणी शाहप्रतिको प्रतिक्रिया भनेर व्याख्या गरिएको छ ।

मेयर शाहले गएराति आफ्नो सामाजिक सञ्जालमा अश्लिल मानिएको स्टाटस लेखेपछि तीव्र आलोचना भएको थियो । आलोचना बढेपछि उनले उक्त स्टाटस हटाएका छन् । सामाजिक सञ्जालमा अहिले पनि शाहको स्टाटसको स्क्रिनसर्ट र त्यसप्रतिको बहस जारी छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १० : ०५ बजे