Logo

राजनीति

प्रधानमन्त्री कार्कीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीसँग आज छलफल


१६ कार्तिक २०८२, आइतबार  

23
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज (कात्तिक १६) सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्न लागेको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलका लागि अपराह्न ४ बजे बालुवाटारमा बैठक बोलाइएको छ।

बैठकमा कोसीका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेसका जितेन्द्रप्रसाद सोनार, वाग्मतीका इन्द्रबहादुर बानियाँ, गण्डकीका सुरेन्द्रराज पाण्डे, लुम्बिनीका चेतनारायण आचार्य, कर्णालीका यामलाल कँडेल र सुदूरपश्चिमका कमलबहादुर शाह सहभागी हुने छन्।

संघीय शासन प्रणालीमा हालको परिवर्तित राजनीतिक अवस्थालाई मध्यनजर गर्दै संघ र प्रदेश सरकारबीच संवाद र सहकार्य सुदृढ गर्न बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ७ : ४१ बजे