Logo

मुख्य समाचार

मन्त्री गुप्ताले गरे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निरीक्षण


१५ कार्तिक २०८२, शनिबार  

46
Shares

काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले शनिबार कीर्तिपुरस्थित निर्माणाधीन त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अवलोकन गरेका छन् ।

अवलोकनका क्रममा मन्त्री गुप्ताले क्रिकेट मैदानको निर्माण कार्यले देशभरका खेलाडीहरूको मनोबल उच्च बनाएको उल्लेख गर्दै सबै नेपालीहरूले यस कार्यमा साथ दिनुपर्ने बताए ।

उनले भने, ‘सबै नेपालीहरू लाग्नुपर्छ  । आज देशैभरि खेलाडीहरूको मनोबल बढेको छ । यहाँ राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय खेलाडीहरूले पनि खेल्ने स्थान बनेको छ ।’

मन्त्री गुप्ताले सरकार अहिले खेल क्षेत्रको हितका लागि नीतिगत रूपमा काम गरिरहेको बताउँदै सीमित समयमा धेरै काम पूरा गर्नुपर्ने चुनौती रहेको उल्लेख गरे । उनले थपे, ‘हामी टिममा काम गरिरहेका छौं । क्रिकेट मैदानलाई अझ उत्कृष्ट बनाउन क्यानका सदस्यहरूसँग पनि निरन्तर छलफल भइरहेको छ ।’

हाल उक्त मैदानमा पहिलो चरणअन्तर्गत ६ वटा फ्लडलाइट जडान कार्य सम्पन्न हुन लागेको छ भने करिब १० हजार दर्शक क्षमता भएको प्याराफिट निर्माण कार्य पूरा भएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ६ : २० बजे