काठमाडौं — नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलम मिर्गौलामा सङ्क्रमण देखिएपछि सघन उपचार कक्ष (आइसियू) मा भर्ना भएका छन्। उनी सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको आइसियूमा उपचाररत छन्।
आलम लामो समयदेखि मिर्गौलासम्बन्धी समस्याबाट पीडित छन् र नियमित डायलाइसिस गर्दै आएका छन्। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई अस्पताल भर्ना गरिएको परिवारका नजिकका स्रोतले जनाएको छ।
पूर्व मन्त्री आलमले विगतमा रौतहट क्षेत्रबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका थिए। उनले वन तथा वातावरण मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका थिए।










प्रतिक्रिया