Logo

मुख्य समाचार

सिन्धुलीमा करेन्ट लागेर युवकको मृत्यु


१५ कार्तिक २०८२, शनिबार  

23
Shares

रामेछाप । सिन्धुलीको तीनपाटन गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

तीनपाटन गाउँपालिका–५ लङ्गुरखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा २० वर्षीय धनबहादुर लामिछानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

स्थानीयका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका लामिछानेलाई लङ्गुरखोला आधारभूत स्वास्थ्य केन्द्रतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  २ : १६ बजे