Logo

मुख्य समाचार

 नेपहपको श्रीपेच सिजन–३ को औपचारिक घोषणा


१४ कार्तिक २०८२, शुक्रबार  

0
Shares

काठमाडौं । ग्राउन्डब्रेकिङ र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ सिजन ३ आउने भएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी शोको तेस्रो संस्करणको औपचारिक घोषणा गरिएको हो । शोको औपचारिक घोषणासँगै डिजिटल अडिसन खुला समेत गरिएको जानकारी गराइएको छ । 

देशभरका इच्छुकले सिजनको हिस्सा बन्नको लागि आफ्नो प्रस्तुति अनलाइनमार्फत पेश गर्न सक्नेछन् । डिजिटल माध्यमबाट अडिसन लिइने यो प्रतिस्पर्धाको लागि दामी म्युजिक एपमार्फत नेपाली¥याप डटकमबाट आवेदन दिन सकिने भएको छ । साथै सहभागीले आफ्नो प्रस्तुतिको भिडिओ अपलोड गर्न सक्नेछन् ।

नेपहपको श्रीपेच सिजन ३ को विजेताले नेपाली र्यापको सर्वोच्च उपाधिको प्रतिक प्रतिष्ठित श्रीपेच क्राउनसँगै नगद पुरस्कार १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले आफ्नो उत्कृष्ट प्रदर्शनको कदर स्वरूप ५ लाख रुपैयाँ पाउनेछन् ।

यो सिजनमा दुई महान् हिप–हप हस्ती गिरीश खतिवडा र मानष घले निर्णायकको रूपमा प्रस्तुत हुनुहुनेछ । तेस्रो निर्णायक र प्रसारण साझेदारको बारेमा भने खुलासा भएको छैन् ।

नेपहपको श्रीपेच नेपालको प्रमुख र्याप रियालिटी शो हो । जसले नेपाली हिप हपको संस्कृति, रचनात्मकता र  समुदायको सम्मान गर्दछ । आफ्नो सुरुवातदेखि नै यस शोले राष्ट्रका केही सबैभन्दा प्रतिभाशाली पत्ता लगाएको छ र प्रवद्र्धन गरेको छ, जसले हिप–हपलाई नेपालको मनोरञ्जन उद्योगको केन्द्रमा पु¥याएको छ ।  

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ६ : ०३ बजे