लमजुङ – लमजुङ र मनाङलाई जोड्ने बेँसीसहर–चामे सडक आज दिउँसोदेखि पूर्णरूपमा अवरुद्ध भएको छ। मर्स्याङ्दी गाउँपालिका–४ स्थित अक्टोपस झरनामा पानीको बहाव बढ्नका साथै जगत क्षेत्रका विभिन्न स्थानमा ढुंगा खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
प्रहरीका सूचना अधिकारी अभिषेक पाण्डेका अनुसार दिउँसो करिब साढे २ बजेदेखि सवारीसाधन चल्न नसक्ने अवस्था बनेको हो। “अक्टोपस झरना पार गर्न सकिने अवस्था छैन, माथिबाट लगातार ढुंगा खसिरहेका छन्,” पाण्डेले भने।
अहिले प्रहरीले प्रभावित क्षेत्रमा टोली परिचालन गरेको छ। झरनाको पानी घटेर ढुंगा खस्न रोकिएपछि मात्र सडक सञ्चालनमा ल्याइने प्रहरीले जनाएको छ।
सडक अवरुद्ध भएपछि बीच बाटोमै सवारीसाधन रोकिएका छन्। मनाङ घुम्न गएका पर्यटकहरू फिर्ता यात्रामा अड्किएका छन् भने स्थानीय बासिन्दा पनि आवागमनमा समस्या परेको बताइन्छ।

 
                                                                   
                    
                








 
                     
                     
                     
                    
प्रतिक्रिया