Logo

समाचार

सर्वोच्चले ओली र लेखकको राहदानी रोक्का र स्थानहदविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार


१४ कार्तिक २०८२, शुक्रबार  

23
Shares

काठमाडौं । सर्वोच्च अदालतले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राहदानी रोक्का र स्थानहदविरुद्ध दायर रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

अधिवक्ता डा. प्रेमराज सिलवालले कात्तिक १२ गते दायर गरेको रिटमा अन्तरिम आदेश मागिएको थियो। न्यायाधीश नृपध्वज निरौलाको इजलासले अन्तरिम आदेश नदिई कारण देखाऊ आदेश मात्र जारी गरेको हो।

जेनजी आन्दोलन छानबिन आयोगको सिफारिसका आधारमा सरकारले ओली, लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्दै सरकारले अनुमति नलिई काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी स्थानहद तोकेको थियो।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ४ : ०५ बजे