Logo

खेलकुद

१८औं एल.डी.काजी मेमोरियल गोल्ड कप फुटबल २०२५ : नेपालबाट दुई टिमको सहभागिता


१४ कार्तिक २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । सिक्किमको सोरेङ जिल्लाको चाकुङमा प्रतिष्ठित १८औं एल.डी. काजी मेमोरियल गोल्ड कप फुटबल प्रतियोगिता २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ। यस वर्षको यो फुटबल महोत्सवमा भारत र नेपालका जम्मा १६ वटा टिमहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

नेपालबाट मकवानपुर एफसी र झापा एक्सएलले यस अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिनिधित्व गर्नेछन्। प्रतियोगिताको फाइनल खेल २०२५÷०९÷०९ मा हुनेछ, जसको विजेताले १० लाख भारतीय रुपैयाँ नगद पुरस्कार जित्नेछ भने उपविजेताले ५ लाख भारतीय रुपैयाँ प्राप्त गर्नेछ।

प्रतियोगिताको संरचना

सहभागी १६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट उत्कृष्ट प्रदर्शन गर्ने टिमहरू ‘ग्रान्ड फिनाले’ तर्फ अगाडि बढ्नेछन्। आयोजकले प्रतियोगितालाई सफल बनाउन र सहभागी टिमहरूलाई उत्कृष्ट प्रतिस्पर्धाको वातावरण प्रदान गर्न तयारी गरिरहेको छ।

नेपाली टिमहरूले भारतको सिक्किममा हुने यस प्रतिष्ठित प्रतियोगितामा आफ्नो उत्कृष्ट खेल कौशल प्रदर्शन गर्ने अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ८ : २४ बजे