Logo

मुख्य समाचार

चितवनमा बस दुर्घटना, ३३ जना घाइते


१४ कार्तिक २०८२, शुक्रबार  

92
Shares

चितवन — गौरबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबस चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्।

सशस्त्र प्रहरी बल कार्यालय चितवनका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरूको उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पतालमा उपचारका लागि पठाइएको छ। उनका अनुसार सबै घाइतेहरूको अवस्था सामान्य रहेको छ।

दुर्घटना आज बिहान करिब १ः४५ बजे भएको हो। दुर्घटनाका कारण केही समयका लागि सडक अवरुद्ध भए पनि अहिले यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ७ : १५ बजे