Logo

अर्थ

नेपाल पुनर्बिमाबाट निर्जीवन बिमा कम्पनीलाई करिब दुई अर्ब पेस्की


१३ कार्तिक २०८२, बिहिबार  

23
Shares

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले निर्जीवन बिमा कम्पनीहरूलाई झन्डै दुई अर्ब रुपैयाँ पेस्की उपलब्ध गराएको छ। जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी भुक्तानीका लागि कम्पनीले एक अर्ब ९९ करोड २२ लाख रुपैयाँ अग्रिम भुक्तानी गरेको हो।

नेपाल पुनर्बिमा कम्पनीमा परेका पुनर्बिमा दाबीको संख्या दुई हजार ८६८ रहेको छ। ती दाबीहरूको कुल रकम १६ अर्ब पाँच करोड १३ लाख रुपैयाँ रहेको नेपाल बिमा प्राधिकरणले जनाएको छ।

जेनजी आन्दोलनसँग सम्बन्धित निर्जीवन बिमा कम्पनीहरूमा हालसम्म २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको प्राधिकरणका अनुसार, सो मध्ये १६ अर्ब पाँच करोड १३ लाख रुपैयाँ बराबरको दाबी नेपाल पुनर्बिमा कम्पनीमा परेको हो।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  ७ : ५२ बजे