जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल र नेपालका लागि बेलायती राजदूतावासको टोलीबीच शिष्टाचार भेटघाट भएको छ ।
बिहीबार विकास कार्यक्रम प्रमुख पुलिन सिननसहितको टोलीले मुख्यमन्त्री सोनलसंग शिष्टाचार भेटघाट गरेका हुन ।
भेटघाटमा मुख्यमन्त्री सोनलले प्रदेश सरकारका प्राथमिकतामा रहेको शिक्षा, स्वास्थ्य र कृषि लगयातका क्षेत्रहरूको विकास र सुधारका लागि बेलायती सरकारको सहयोग महत्त्वपूर्ण हुने बताए ।
उनले मधेश प्रदेशको समग्र विकासका लागि अन्तराष्ट्रिय साझेदारहरुसंग सहकार्य गर्न प्रदेश सरकार सँधै साकारात्मक रहेको धारणा राखे ।
‘हामीलाई विकास साझेदारहरूको सहयोग आवश्यक छ । हामी चाहन्छौं कि शिक्षामा सुधार, स्वास्थ्य सेवामा वृद्धि र कृषि क्षेत्रको विकासका लागि विभिन्न दातृ निकायसँग सहकार्य गर्न,’ सोनलले भने।
भेटघाटमा बेलायती टोलीकी प्रमुख पुलिन सिननले मधेश प्रदेश सरकारको प्रयास र प्राथमिकतासँग सहमति जनाउँदै, बेलायती सरकारको तर्फबाट आगामी दिनहरूमा थप सहकार्य गर्ने प्रतिबद्धता जाहेर गरिन ।
भेटघाटमा प्रदेश सरकारका उच्च अधिकारीहरु र बेलायती दुतावासका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।










प्रतिक्रिया