Logo

मुख्य समाचार

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा नयाँ कार्ययोजनाबारे छलफल


१३ कार्तिक २०८२, बिहिबार  

46
Shares

काठमाडौं । गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलो पटक संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसेको छ ।

बिहीबार सिंहदरबारस्थित समितिको सभाहलमा बैठक बसेको हो । बैठकमा समितिको आगामी बैठकमा छलफल हुने विषयहरु र स्थलगत अनुगमन एवम् अन्तरक्रिया कार्यक्रम सम्बन्धमा छलफल भएको समिति सभापति सोनाम गेल्जेन शेर्पाले जानकारी दिए ।

उनले भने, ‘हामी कसरी अगाडि बढ्ने भन्ने बारेमा एउटा कार्ययोजना बनेको थियो तर अहिलेको समय परिवर्तन भएको छ । र यो परिवर्तित समयमा त्यो कार्ययोजनालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको छ । अब आउँदो समयमा भने त्यो कार्ययोजनामा के कुरा राख्ने के कुरा नराख्ने भन्ने बारेमा छलफल गर्ने छौ ।’

यस्तै, उनले समिति निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने र माघ ११ गते राष्ट्रिय सभाको निर्वाचनको अवस्था बारेमा सरकारसँग बुझ्ने प्रयासमा रहेको बताए ।

उनले भने, ‘अबको हाम्रो प्राथमिकतामा रहेको विषय भनेको निर्वाचनलाई कसरी शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने भन्ने रहेको छ । अर्को भनेको माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुने भनिएको छ । त्यसको अवस्था कस्तो छ, शान्ति सुरक्षाको विषय कस्तो छ यस विषयमा पनि हामी सरकारसँग बुझ्ने प्रयास गर्छौ ।’

बजेट पनि धेरै कटौती भएको भन्दै त्यो बारेमा पनि सरकारको ध्यानाकर्षण गराउने र त्यसको बारेमा जानकारी लिने प्रयासमा समिति रहेको उनको भनाई छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  १ : ५१ बजे