Logo

मुख्य समाचार

चीनमा जहाज उद्योग : विश्वव्यापी ५१ प्रतिशतभन्दा बढी हिस्सा


१३ कार्तिक २०८२, बिहिबार  

46
Shares

एजेन्सी । चीनको जहाज निर्माण उद्योगले उल्लेख्य प्रगती गरेको छ । विगत पाँच वर्षमा उद्योगले आफ्नो क्षमतामा उल्लेखनीय रूपमा वृद्धि समेत गरेको छ ।

२०२१ मा सुरु भएको र यस वर्ष समाप्त हुने देशको १४ औं पञ्चवर्षीय योजनाको क्रममा, चिनियाँ जहाजहरूले विश्वव्यापी ५१ प्रतिशतभन्दा बढी हिस्सा ओगटेका थिए । जुन २०१६ देखि २०२० सम्मको देशको १३ औं पञ्चवर्षीय योजनाको तुलनामा लगभग आठ प्रतिशत बढी हो।

अधिकारीहरूले चिनियाँ शिपयार्डहरूको प्रतिस्पर्धात्मकता बढेको पनि बताएका छन् । जहाज निर्माण, नयाँ अर्डर र अर्डर ब्याकलगहरूमा छ कम्पनीहरू विश्वका शीर्ष १० मा परेका छन्।

चाइना एसोसिएसन अफ द नेशनल शिपबिल्डिंग इन्डस्ट्रीका महासचिव ली यानछिङले भने,‘विगत पाँच वर्षमा, हामीले उत्पादनहरूमा उल्लेखनीय प्रगति गरेका छौं। प्रमुख समुद्री उपकरण प्रविधिहरूमा सफलता हासिल गरेका छौं । यसले स्वतन्त्र नवप्रवर्तन साथै औद्योगिक क्षमता बढेको र अन्तर्राष्ट्रिय सहयोग जुटेको छ ।’(सीसीटीभीप्लस)

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  २ : २४ बजे