Logo

खेलकुद

विश्वकप लिग–२ः यूएईविरुद्ध पहिले व्याटिङ गर्ने


१३ कार्तिक २०८२, बिहिबार  

23
Shares

काठमाडौं । आईसीसी मेन्स विश्वकप क्रिकेट लिग २ अन्तगर्त नेपालले यूएईविरुद्ध पहिले व्याटिङ गर्ने भएको छ ।

यूएईमा टस जितेर नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबकाबीच खेल्दै छ ।

लिग–२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा  छ ।

दुबई इन्टरनेशनल क्रिकेट मैदानमा मङ्गलबार राति भएको खेलमा अमेरिकाले युएईलाई चार विकेटले हराएको थियो । यसअघि शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपालमाथि एक सय ६ रनको विशाल जित निकालेको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  ११ : ४८ बजे