काठमाडौँ । रोल्पाको सुनिलस्मृति गाउँपालिका –४ धुलेओडारमा गएराति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा तीन जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
लु २ च ८०१५ नम्बरको जिप गएराति पौने १० बजेतिर सडकबाट खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विज्ञान चापागाईँले जानकारी दिए ।
दुर्घटनामा ३२ वर्षीय थम्मन रोका मगरको उपचारका क्रममा मृत्यु भएको र अन्य तीन जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको उनले बताए ।










प्रतिक्रिया