Logo

मुख्य समाचार

आरसीएचजी र युवा गल्फर अवानी राईबीच छात्रवृत्ति सम्झौता


१२ कार्तिक २०८२, बुधबार  

0
Shares

काठमाडौं । रोटरी क्लब अफ हिमालयन गल्फर्स (आरसीएचजी) र उदीयमान युवा गल्फर अवानी राईबीच व्यावसायिक गल्फ तालिम र अध्ययनका लागि बुधबार सम्झौता भएको छ।

सम्झौताअनुसार, आरसीएचजीले अवानीलाई भारतको बेंगलोरस्थित तरुण सरदेसाई गल्फ एकेडेमीमा एक वर्षका लागि प्रशिक्षण छात्रवृत्ति प्रदान गर्नेछ। उक्त अवधिमा उनको अध्ययन पनि सँगै अघि बढाइनेछ। प्रशिक्षण र अध्ययनमा लाग्ने कुल खर्चमध्ये ८० प्रतिशत आरसीएचजीले र बाँकी २० प्रतिशत अवानीको परिवारले व्यहोर्ने सम्झौता गरिएको छ।

यो छात्रवृत्ति आरसीएचजीको प्रमुख परियोजना ‘गल्फ फर अल’ अन्तर्गतको पहिलो कार्यक्रम हो, जसको उद्देश्य देशभरका युवाहरू—विशेषगरी महिलाहरू—लाई गल्फ खेलतर्फ आकर्षित गर्दै अवसर सिर्जना गर्नु रहेको क्लबले जनाएको छ।

आरसीएचजीका अध्यक्ष दमन घलेले सम्झौता नेपालका युवा प्रतिभामा लगानी गर्ने क्लबको प्रतिबद्धताको प्रतीक भएको बताए। अवानीका पिता मनोज खालिङले क्लबले छोरीको समर्पणलाई पहिचान गर्दै सहयोग गरेकोमा आभार व्यक्त गरे।

क्लबले आगामी नोभेम्बर १ मा गोकर्ण फरेस्ट रिसोर्टमा ‘द हिमालयन स्विङ ओपन २०२५’ नामक च्यारिटी गल्फ प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ। उक्त प्रतियोगिताबाट ४० देखि ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको क्लबले जनाएको छ।

क्लबकी अध्यक्ष आरती आरएल राणाका अनुसार, अवानीसँगको साझेदारीले गल्फ क्षेत्रमा महिलाको सशक्तीकरणतर्फ क्लबको दीर्घकालीन दृष्टिकोणलाई बलियो बनाएको छ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ८ : ३० बजे