Logo

राजनीति

जेनजीको मुख्य जोड : सुशासन र भ्रष्टाचारविरुद्ध कारबाही


१२ कार्तिक २०८२, बुधबार  

92
Shares

काठमाडौं — बालुवाटारमा जारी त्रिपक्षीय संवादमा जेनजी प्रतिनिधिहरूले आफ्नो आन्दोलनको मुख्य एजेन्डा सुशासन र भ्रष्टाचारविरुद्धको कारबाही रहेको बताएका छन्। उनीहरूले यी दुवै विषयमा सरकारसँग सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

जेनजीहरूले चुनाव आवश्यक रहेको उल्लेख गर्दै, केवल चुनावको नारा लगाएर मात्रै समस्याको समाधान नहुने बताएका छन्। “चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव चुनाव भनेर मात्र हुँदैन,” उनीहरूको भनाइ उद्धृत गरिएको छ।

संवादमा सहभागी जेनजी प्रतिनिधिहरूले सुशासन सुनिश्चित गर्न र भ्रष्टाचार नियन्त्रणका लागि ठोस कदम चाल्न सरकारलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ७ : ५४ बजे