Logo

राजनीति

प्रधानमन्त्री कार्कीको नियुक्ति र संसद् विघटनमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार


१२ कार्तिक २०८२, बुधबार  

69
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

प्रधानमन्त्रीमा कार्कीको नियुक्ति र संसद् विघटन असंवैधानिक भएको दाबी गर्दै सर्वोच्चमा १६ वटा रिट दायर भएका थिए। ती सबै रिटमा आज संवैधानिक इजलासमा संयुक्त सुनुवाइ गरिएको हो।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा सहभागी इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै आरण देखाउ आदेश जारी गरेको छ। तर, अदालतले माग गरिएको अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।

यससँगै अदालतले सरकार र सम्बन्धित पक्षलाई आफ्नो पक्ष स्पष्ट पार्न आदेश दिएको छ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ६ : ४४ बजे