काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजी युवासहितको त्रिपक्षीय बैठक जारी छ ।
प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि वार्ता र छलफल गरिरहेको सरकार पहिलो पटक राजनीतिक दल र जेनजी युवासँग वार्तामा रहेको हो ।
यसअघि यहि कात्तिक ४ गते सरकार र राजनीतिक दलहरूबीच छलफल भएको थियो । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने गरी सबै पक्ष सकारात्मक भएका थिए ।
यसैबीचमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए ।










प्रतिक्रिया