Logo

राजनीति

राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत


१२ कार्तिक २०८२, बुधबार  

69
Shares

काठमाडौं — सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेलको नेतृत्वमा कात्तिक १७ देखि २० गतेसम्म दोहामा आयोजना हुने सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार बैठकले संघीय संसद्को पदाधिकारीको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची–२ संशोधन गर्ने निर्णय गरेको छ। संशोधनअनुसार स्वकीय सचिवको सुविधा हटाइने भएको उनले बताए।

त्यस्तै, राष्ट्रियसभामा रिक्त पदको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय पनि बैठकले गरेको मन्त्री खरेलले जानकारी दिए।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ३ : ५९ बजे