काठमाडौं — सरकारले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई उपलब्ध गराइएका अतिरिक्त सुरक्षाकर्मी फिर्ता बोलाएको छ।
गृह मन्त्रालयका अनुसार पूर्वप्रधानमन्त्रीको हैसियतमा दिइएको सुरक्षा सुविधा मापदण्डअनुसार घटाइएको हो। नेपालको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका १३ जना र नेपाल प्रहरीका अन्य सुरक्षाकर्मीलाई फिर्ता बोलाइएका छन्। मापदण्डअनुसार उनलाई दुई जना सुरक्षाकर्मी मात्र कायम राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरीका प्रवक्ता विनोद घिमिरेले मापदण्डअनुसार पूर्वप्रधानमन्त्री नेपालले पाउनुपर्ने सुरक्षा व्यवस्था यथावत रहेको स्पष्ट पारे। तर सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले यस विषयमा कुनै टिप्पणी गर्न चाहेनन्।










प्रतिक्रिया