काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका शीर्ष नेता र जेनजी (नागरिक समाज) प्रतिनिधिहरूसँग संयुक्त छलफलका लागि बैठक बोलाएकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल बुधबार अपराह्न ४ बजे बालुवाटारमा हुनेछ।
सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच हुने यो पहिलो औपचारिक संयुक्त वार्ता हो। बैठकमा समसामयिक राजनीतिक अवस्था र सहमतिको सम्भावित मार्गबारे चर्चा हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।










प्रतिक्रिया