मनाङ – हिमपातका कारण मनाङको तिलिचो बेस क्याम्पमा फसेका ७५० जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार डिस्याङ गाउँपालिका–९ स्थित खाङसारसम्म उनीहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानान्तरण गरेको हो।
उनका अनुसार करिब ५० जनालाई भने तिलिचो बेस क्याम्पमै सुरक्षित राखिएको छ। हिमपातका कारण मनाङ घुम्न गएका पर्यटकहरू फसेका थिए। खाङसारमा बस्ने र खानाको पर्याप्त व्यवस्था नहुँदा केही पर्यटकलाई सुरक्षित रूपमा फर्काउने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
यसैबीच, काठमाडौं महानगरपालिका–३१ का ४५ वर्षीय विरेन्द्र रसाइलीलाई लेक लागेर बेहोस भएका अवस्थामा उद्धार गरिएको छ। तिलिचो ताल भ्रमणपछि फर्किने क्रममा उनी बेहोस भएका थिए। सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङका सुरक्षाकर्मीहरूले स्ट्रेचरमार्फत उनलाई खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म पु-याएका छन्।










प्रतिक्रिया