Logo

समाचार

अन्डाको होलसेल मूल्य प्रतिक्रेट ५० रुपैयाँ बढ्यो, नयाँ मूल्य ५ सय रुपैयाँ


१० कार्तिक २०८२, सोमबार  

23
Shares

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको होलसेल मूल्य बढाएको छ। सोमबारदेखि लागू हुने नयाँ दरअनुसार ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ र मध्यम अन्डाको मूल्य ४ सय ५० रुपैयाँ निर्धारण गरिएको संघले जनाएको छ।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार अघिल्लो दरको तुलनामा प्रतिक्रेटमा ५० रुपैयाँ वृद्धि गरिएको हो। उत्पादन घट्नु र खपत बढ्नु मूल्यवृद्धिको कारण रहेको उनले बताए।

चितवनलाई आधार मानेर तय गरिएको यो नयाँ दरअनुसार खुद्रा बजारमा उपभोक्ताले प्रतिअन्डा करिब २२ रुपैयाँ तिर्नुपर्ने संघको अनुमान छ। अध्यक्ष पोखरेलले उपभोक्ता मूल्यमा करिब ५० देखि ७० पैसा मात्रै वृद्धि हुने दाबी गरेका छन्।

उत्पादकले होलसेल मूल्य बढाएपछि थोक व्यापारीले खुद्रा व्यापारीलाई महँगोमा अन्डा बेच्ने भएकाले अन्ततः उपभोक्ताले पनि केही बढी मूल्य तिर्नुपर्ने हुन्छ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १ : ०७ बजे