Logo

विश्व

गाजामा सेना तैनाथ गर्ने राष्ट्र छनोट गर्ने अधिकार इजरायलसँग : नेतान्याहू


१० कार्तिक २०८२, सोमबार  

138
Shares

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा तैनाथ गरिने बहुराष्ट्रिय सेनामा समावेश हुने राष्ट्रको छनोट अधिकार इजरायलसँग मात्र सुरक्षित रहने बताएका छन्।

उनका अनुसार, इजरायलले गाजामा टर्कीको भूमिकालाई पहिले नै अस्वीकार गरिसकेको छ। शनिबार–आइतबार राति इजरायली सेनाले युद्धविराम तोड्दै गाजापट्टीको मध्यभागमा ड्रोन आक्रमण गरेको थियो, जसमा इस्लामिक जिहाद समूहका एक वरिष्ठ कमान्डर मारिएका छन्। उक्त समूहलाई हमासपछि गाजाको दोस्रो प्रमुख सशस्त्र संगठनका रूपमा चिनिन्छ।

शान्ति सम्झौताअनुसार, हमासले हालसम्म २८ मृत इजरायली बन्धकमध्ये १५ शव इजरायललाई बुझाइसकेको छ। बाँकी शवहरूको खोजी इजिप्टको सहयोगमा जारी रहेको छ। भग्नावशेषबाट शव निकाल्न मेसिनको प्रयोग भइरहेको बताइएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बाँकी बन्धकका शव फिर्ता गर्न ४८ घण्टाको समय दिएका छन्। ट्रम्पका अनुसार सो समयसीमा पूरा भएपछि शान्ति योजनाको दोस्रो चरण सुरु हुनेछ, जसअन्तर्गत हमासले हतियार र गाजाको सत्ता छोड्नुपर्नेछ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ११ : ३० बजे