काठमाडौं । मिस युनिभर्स नेपाल सान्या अधिकारी ‘मिस युनिभर्स’को ७४ औं संस्करणमा भाग लिन थाइल्याण्डतर्फ प्रस्थान गरेकी छन् । मिस युनिभर्स नेपाल सान्यालाई मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशन संगीता पुरी र आयोजक संस्थाका प्रतिनिधीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विदाई गरेका छन् ।
नोभेम्बरमा थाइल्याण्डमा यसवर्षको मिस युनिभर्सको प्रतिस्पर्धा हुँदैछ । २१ नोभेम्बरमा बैंकक महानगरीय क्षेत्रको नोन्थाबुरीको पाक क्रेटमा रहेको इम्प्याक्ट च्यालेन्जर हलमा फिनाले आयोजना गरिएको छ । थाइल्याण्डले चौंथो पटक मिस युनिभर्सको प्रतिस्पर्धा आयोजना गरेको हो । ११९ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने जनाइएको छ ।
साउदी अरेबियाले पहिलोपटक भाग लिँदैछ । नेसनल कस्ट्युम र प्रारम्भिक प्रतिस्पर्धा १९ नोभेम्बरदेखि सुरु हुने जनाइएको छ । गत असोजमा ललितपुरस्थित रोयल टुलिप होटलमा सम्पन्न ग्रान्ड फिनालेबाट सान्या बिजेता बनेसँगै २ लाख नगदसहित हजारौं रकम बराबरका उपहारहरू प्राप्त गरेकी थिइन् । ग्लोबल ग्ल्यामर भेन्चरले केही वर्षयता नेपालमा मिस युनिभर्स प्रतियोगिता आयोजना गर्दै आएको छ ।










प्रतिक्रिया