काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनैपनि मौसम प्रणालीको प्रभाव रहेको छैन । महाशाखाका अनुसार, आज दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ ।
साथै बाँकी भू–भागमा मौसम सफा रहने छ साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज राति भने कोशी, बागमती र गण्डकीको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ ।










प्रतिक्रिया