काठमाडौं । त्रिदेशीय फिफा मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल इरानसँग ३–० ले पराजित भएको छ।
शुक्रबार भारतको सिलोङस्थित जवारलाल नेहरू रंगशालामा सम्पन्न खेलमा पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफमा इरानले लगातार तीन गोल गर्दै जीत हात पारेको हो।
इरानका लागि खेलको ४९औँ मिनेटमा साराले पहिलो गोल गरिन्। त्यसपछि ५२औँ मिनेटमा कप्तान जेहरा गाबारीले फ्रिकिकमार्फत दोस्रो गोल गरिन्। ५७औँ मिनेटमा सबनामले तेस्रो गोल गर्दै इरानको जीत सुनिश्चित गरिन्।
नेपालले अब आफ्नो दोस्रो खेल आयोजक भारतसँग कार्तिक १० गते खेल्नेछ।
फिफा महिला विश्व वरीयतामा इरान ७०औँ र नेपाल ८९औँ स्थानमा छन्।










प्रतिक्रिया