Logo

अर्थ

फ्युजमेसिन अमेरिकी स्टक एक्सचेन्ज नासड्याकमा सूचीकृत, कारोबार सुरु


७ कार्तिक २०८२, शुक्रबार  

23
Shares

काठमाडौं । नेपाल मूलका व्यवसायी डा. समीर मास्केले स्थापना गरेको एआई कम्पनी फ्युजमेसिन इंक अमेरिकी स्टक एक्सचेन्ज नासड्याक (NASDAQ) मा सूचीकृत भई कारोबार सुरु गरेको छ।

गभर्नर डा. विश्व पौडेलले सामाजिक सञ्जालमार्फत् नासड्याकमा फ्युजमेसिनको सेयर कारोबार सुरु भएको जानकारी दिएका छन्। उनले लेखेका छन्, “आज नासड्याकमा फ्युजमेसिनको सेयर कारोबार सुरु भयो। संयोगवश नेपाल फर्किँदै गर्दा फ्युजमेसिनका संस्थापक डा. समीर मास्केसँग टाइम्स स्क्वायरमा भेट भयो। एक पायोनियरको रूपमा नेपालीहरूले डा. मास्केलाई सधैं सम्मान गर्नेछन्।”

फ्युजमेसिन इंक कृत्रिम बुद्धिमत्ता (AI) प्रविधिमा आधारित कम्पनी हो। कम्पनीले यसअघि सीएसएलएम एक्विजिसन कर्प (CSLM Acquisition Corp) सँग मर्जर सम्झौता गर्दै नासड्याकमा सूचीकरणको तयारी गरेको थियो।

डा. मास्केले सन् २०१३ मा अमेरिकामा फ्युजमेसिन स्थापना गरेका थिए। कम्पनीले नेपालमा पनि आफ्ना एआई प्रविधि र सेवा विस्तार गर्दै आएको छ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ४ : २६ बजे