Logo

राजनीति

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक


७ कार्तिक २०८२, शुक्रबार  

23
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

विभिन्न वामपन्थी शक्तिसँग एकताका लागि आएको प्रस्तावमा छलफल गर्न कात्तिक १२ गते बैठक  बोलाइएको हो ।

वामपन्थी, कम्युनिस्ट र समाजवादी पार्टीहरूसँग चलिरहेको एकतासम्बन्धी वार्ता प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्याउन केन्द्रित हुने बैठकमा एकतापछिको पार्टीको सैद्धान्तिक दृष्टिकोण, नेताहरूको व्यवस्थापनलगायत विषयमा छलफल गरिने समेत बताइएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  २ : ४२ बजे