रौतहट । तिहार पर्वको अर्को आकर्षण भनेको देउसी–भैलोलाई नै लिइन्छ । तिहार सुरु हुनासाथ गाउँका बालबालिका, युवादेखि वृद्धवृद्धा सम्मले देउसी–भैलो खेल्न गर्छन् । तर पछिल्ला वर्ष देउसी–भैलोको खेल्ने तरिका र मौलिकता हराउँदै गएको प्रति समाजको अगुवाहरुको चिन्ता छ ।
देउसीमा मजुरा, मादल बजाउने, वरीपरी घुमेर भट्याउने प्रचलन थियो ।तर हिजो आज ¥याप, पप र हिन्दी गीतमा युवायुवतीले देउसी–भैलो खेल्दा बुढापाकाले चिन्ता व्यक्त गर्न थालेका छन् ।
आधुनिकताको नाममा देउसी भैलो भड्किलो हुँदै गएको प्रति दुःख लागेको चन्द्रनिगाहपुरका स्थानीय कृष्ण खड्काले बताए । केहि बर्ष अघि सम्म पुरुषले दौरा सुरुवाल र महिलाले गुन्यु चोलो लगाएर मौलिकता परम्परा अनुसार खेल्ने चलन रहेको उनको भनाइ छ ।
परम्परागत देउसी–भैलोलाई आधुनिकताले प्रभावित पारेकाले यसको जगेर्ना गर्नु पर्छ उनले भने । तर चन्द्रपुरमा रहेका केही समुहले देउसी–भैलोको कला संस्कृतीको संरक्षण लागी मात्र खेल्ने गरेको पाइएको छ ।
नेपालमा देउसी–भैलोको आधिकारिक रुपमा केही तथ्य प्रमाण नभए पनि मध्यकालदेखि नै सुरु भएको किंवदन्ती छ । यो देउसी–भैलो खास गरी बली राजासँग सांस्कृतिक पक्ष जोडिएको मान्यता छ ।
यमपञ्चक सुरु भएपछि देउसी–भैलो खेल्ने प्रचलन छ । तिहारलाई उज्यालो र देउसी–भैलोको पर्वको भएकाले यसको मौलिक परम्पराका बारेमा भावि पुस्तालाई समेत जानकारी दिन आवश्यक देखिन्छ ।
प्रतिक्रिया